यी हुन् मकवानपुरगढी भ्यान दुर्घटनाका मृतक तथा घाइतेहरु

नेपालभ्युज

यी हुन् मकवानपुरगढी भ्यान दुर्घटनाका मृतक तथा घाइतेहरु

हेटौंडा । मकवानपुर जिल्लाकाे मकवानपुरगढी गाउँपालिका २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरगढी-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरकाे इलेक्ट्रिक भ्यान (इभी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको  र मगरको शव दुर्घटनास्थलमा फेला परेको प्रवक्ता अर्यालले बताए । अन्य घाइतेको हेटाैँडा स्थित सहकारी अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घाइते हुनेहरूमा भ्यानका चालक सर्लाही बागमती गाउँपालिका ५ बस्ने बर्ष २९ को कमल बहादुर दर्लामी, रौतहट दुर्गा भवानिपुर गाउँपालिका ५ बस्ने बर्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका ८ बस्ने बर्ष ५२ को शिवशंकर राय, सर्लाही बस्ने शिवशंकर रायको श्रीमती बर्ष ४५ की रिकिदेवी राय छन् । यसैगरी  सर्लाही बरहथवा नगरपालिका ९ बस्ने बर्ष २७ को मनोज राय, सर्लाही हरिहरपुर नगरपालिका १ बस्ने बर्ष २७ को नवराज मगर, सोही ठाउँ बस्ने बर्ष १६ की प्रियंका मगर, बर्ष १५ को सृजन मगर, बर्ष ४० की जमुना मगर, बर्ष १९ को सुदिप रिसाल छन् । यस्तै, सर्लाही विष्णुपुर गाउँपालिका ३ मधुवनगोठ बस्ने बर्ष २७ को देवराज कुमार साह, बर्ष ४२ की किसुनव्रर्ती साह, सर्लाही बागमती गाउँपालिका ७ बस्ने वर्ष १६ कि युनिका दर्लामी मगर, महोत्तरी गौशाला गाउँपालिका ५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगर रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved