आज सङ्घीय संसदका तीन समितिको बैठक, महत्वपूर्ण विधेयक र प्रतिवेदनमा छलफल हुने

नेपालभ्युज

आज सङ्घीय संसदका तीन समितिको बैठक, महत्वपूर्ण विधेयक र प्रतिवेदनमा छलफल हुने

काठमाडौं । सङ्घीय  संसद अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको हो।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकको मुख्य कार्यसूचीमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल हुनेछ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ। यस बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ।

विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्ने तय भएको छ। यो बैठकमा संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved