पूर्व र मध्य भेगका केही स्थानमा वर्षा, आइतबारसम्म सतर्क रहन आग्रह

नेपालभ्युज

पूर्व र मध्य भेगका केही स्थानमा वर्षा, आइतबारसम्म सतर्क रहन आग्रह

काठमाडौं । देशको पूर्वी र मध्य भेगका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम भेगको तुलनामा मध्य र पूर्वी भेगमा पानी पार्ने प्रणाली बढी सक्रिय रहेको छ।

महाशाखाका अनुसार  आज कोशी र मधेश प्रदेश लगायत पहाडी भेगका केही स्थानहरूका साथै बाँकी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ।

मौसमविद्हरूका अनुसार बिहीबारदेखि सक्रिय भएको नयाँ मौसमी प्रणालीले आगामी आइतबारसम्म हावाहुरी र चट्याङसहित वर्षा गराउने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरि मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरो लगायतका बालीहरू अर्को हप्ता मात्र भित्र्याउन किसानहरूलाई आग्रह गरेको छ। विभागले वर्षा र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved