यौन दुराचार मुद्दामा ‘तपश्वी’ बम्जनले पाए सफाइ

नेपालभ्युज

यौन दुराचार मुद्दामा ‘तपश्वी’ बम्जनले पाए सफाइ

जनकपुर । यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बम्जनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् ।

जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भएका छन् । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते नै सफाइ दिने फैसला गरेको स्रोतले बतायो ।

उच्च अदालतका न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला ‘उल्टी हुने’ ठहर गरेको हो ।

आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बम्जनमाथि थियो । उनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

बम्जन २०८० पुस २४ गते साँझ काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका थिए । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो ।

विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved