रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को ?

नेपालभ्युज

रास्वपाले तोक्यो सातै प्रदेशमा इन्चार्ज, कहाँ को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ ।

प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले बिहीबारको केन्द्रीय समितिको बैठकले इन्चार्ज तोकेको रास्वपाले जनाएको छ ।

जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेसमा मनीष झा र बागमतीमा लिमा अधिकारीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।

यसैगरी रास्वापाको महाधिवेशन धकेलिएको छ ।

महाधिवेशनको तयारी हुँदै गर्दा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि महाधिवेशन मिति धकेलिएको हो ।

पार्टीको केन्द्रिय समितिको बैठकले २०८२ फागुन ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय लिएको छ ।

त्यस्तै संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको जनयात्रा अभियानको कार्यविधि सर्वसम्मतले पारित गरेको छ ।

फागुनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved