मकवानपुरमा ५२ केजी गाँजासहित एक व्यक्ति पक्राउ

नेपालभ्युज

मकवानपुरमा ५२ केजी गाँजासहित एक व्यक्ति पक्राउ

हेटौँडा । मकवानपुरमा गाँजासहित एक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय बाबुराम मुक्तानलाई ५२ केजी लागुऔषध गाँजासहित बिहीबार पक्राउ गरेको हो ।

रुपाचुरीबाट नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक वनभित्र गाँजाको भारी बोकेर जाँदै गरेका उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

नियन्त्रणमा लिइएका मुक्तानलाई लागुऔषध कसुर मुद्धामा हेटौँडास्थित मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved