करिब २९ अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब ७९ करोड 

नेपालभ्युज

करिब २९ अङ्कले बढ्यो सेयर बजार, कारोबार रकम १० अर्ब ७९ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९७ अङ्कले बढेर २७२५ दशमलव २० को विन्दुमा पुगेको छ ।

बिहीबार ३११ कम्पनीका ९० हजार ५५५ पटकको कारोबारमा २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ रहेको छ ।

१८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ । १३ वटै उपसमूहमा हरियाली छाउँदा आज हिमालयन पावर पार्टनरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved