अपर तामाकोशी जलविद्युत्‌को अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपालभ्युज

अपर तामाकोशी जलविद्युत्‌को अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त
फाइल तस्वीर

काठमाडौं । अपर तामाकोशी जलविद्युत् कम्पनीको नयाँ अध्यक्षमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यको अध्यक्षतामा कम्पनीको आगामी योजना अगाडि बढाउने निर्णयसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved