सुनको भाउ तोलामै १ लाख ९० हजार नाघ्यो

नेपालभ्युज

सुनको भाउ तोलामै १ लाख ९० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

आज सुनको मूल्य बुधबारको तुलनामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको मूल्य बिहीबार भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved