रोमाञ्चक भिडन्तमा दिल्लीको सुपर ओभर जित, राजस्थान पराजित

नेपालभ्युज

रोमाञ्चक भिडन्तमा दिल्लीको सुपर ओभर जित, राजस्थान पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित निकाल्दै राजस्थान रोयल्सलाई पराजित गरेको छ। यो जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अरुण जेट्ली रङ्गशालामा बुधबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको राजस्थानले ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रदर्शन गर्दै उक्त लक्ष्य ४ बलमै पुरा गर्‍यो।

यो जित दिल्लीको जारी प्रतियोगितामा पाँचौं जित हो। ६ खेलमा १० अंक जोड्दै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको छ। उता, राजस्थान रोयल्सको यो पाँचौं हार हो। सात खेल खेलेको राजस्थान ४ अंकसहित तालिकाको आठौं स्थानमा छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved