बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

नेपालभ्युज

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको महत्वपूर्ण बैठक जारी रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भइरहेको बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved