एमालेको सचिवालय बैठक बस्दै

नेपालभ्युज

एमालेको सचिवालय बैठक बस्दै
फाइल तस्वीर

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आज (सोमबार) केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारका कामकारबाहीबारे छलफल हुने उनले बताए ।

एमालेले नेपाल कम्युनिष्ट पार्टी तथा लोकतन्त्र स्थापना भएको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदैछ ।

यसैले बैठकमा पार्टीका वार्षिक कार्यक्रम र अभियान लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

यतिबेला दोस्रो ठूलो दल एमालेले २०८४ सालमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । ‘जरा अभियान’ भनिएको उक्त कार्यक्रम १५ वैशाखसम्म चल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved