प्रचण्डले अस्थिरतामा खेल्ने प्रयत्न गरिरहेका छन्ः प्रदीप ज्ञवाली

सहकारी ठगीमा संलग्न जो भए पनि उनीहरूको मुख नहेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढेको ज्ञवालीले स्पष्ट पारे । ‘जो सुकै मानिस जिम्मेवार होस्, कानुनका नजरमा सबै समान छन्’, उनले भने ।

नेपालभ्युज

प्रचण्डले अस्थिरतामा खेल्ने प्रयत्न गरिरहेका छन्ः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्थिरताको खेलमा खेल्न प्रयत्न गरिरहेका बताएका छन् । प्रचण्डले अहिले ‘कांग्रेस सरकार बनाओस् हामी बाहिरबाट सघाउँछौँ’ भनेर ललिपप फालेको ज्ञवालीले बताए ।

नेकपा एमाले सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन ज्ञवालीले भने, ‘प्रचण्डको यो कुरा कसैले पत्याउन सक्दैनन् ।’

सरकार बनेपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुन बनेर पीडितले न्याय पाउने आधार निर्माण भएको, छिमेकी देश बीच सन्तुलित सम्बन्ध कायम गरी देशलाई अघि बढाउने काम भएको, सहकारीका बेथिति अन्त्य गरेर पीडितलाई न्याय दिलाउन पहल गर्ने लगायतका काम भएको बताए ।

सहकारी ठगीमा संलग्न जो भए पनि उनीहरूको मुख नहेरी कानुनी कारबाहीको प्रक्रिया अघि बढेको ज्ञवालीले स्पष्ट पारे । ‘जो सुकै मानिस जिम्मेवार होस्, कानुनका नजरमा सबै समान छन्’, उनले भने ।

मुलुकले अहिले एउटा कोर्स समातेको बताउँदै उनले यो कोर्स उल्टाउने र मुलुकलाई अस्थिरता तिर धकेल्ने कोसिस विभिन्न कोणबाट भइरहेको बताए । नेपालको सबैभन्दा ठुलो समस्या अस्थिरताको समस्या भएको बताउँदै उनले अहिले पनि तिनै तत्त्वहरूले देशलाई अस्थिरतामा लैजाने प्रयास गरिरहेका बताए ।

‘पानी धमिल्याउने, माछा मार्ने, कमजोर राज्य बनाउने दोहन गर्ने, मुख्य पार्टीलाई किनारा लगाउने र बिचौलियाहरूले राज्य चलाउने, यो खालको श्रृखलालाई हामीले रोक्ने प्रयत्न गर्‍यौँ, अहिले त्यसलाई फेरि उल्टाउने खेल भइरहेको छ’, उनले भने ।

यही अस्थिरताको खेलभित्र सम्पूर्ण हिसाबले समाप्त भएको सामन्ती राजतन्त्रले समेत टाउको उठाउने प्रयत्न गरेको उनले बताए । आफूलाई राजावादी भन्ने र पूर्वराजाका समर्थक ठान्नेहरू फेरी सलबलाउन लागेका ज्ञवालीले टिप्पणी गरे ।

पूर्वराजावदीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलन कुनै राजनीतिक आन्दोलन नभएको उनले स्पष्ट पारे । ‘उनीहरूको प्रयत्न आयल निगमको इन्धन स्टोरमा आगो लगाएर देशलाई तहसनहस बनाउने आपराधिक सोच थियो, पत्रकारलाई ज्यूँदै जलाउनेसम्मका हरकत भए’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved