स्थिति तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लगाउने तयारी (तस्वीरहरू)

प्रदर्शनकारीहरूले केही पसलहरूमा तोडफोड गरेका छन् भने केही सवारी साधनमा आगो लगाएको भिडियो सामाजिक सञ्जालमा शेयर भएको देखिन्छ ।

नेपालभ्युज

स्थिति तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लगाउने तयारी (तस्वीरहरू)

काठमाडौं । पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई समुदायबीच झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा स्रोतका अनुसार अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको हो ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबीच भएको झडप उग्र बनेको छ । हिन्दु समुदायले हनुमानको जन्मजयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालेको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । शनिबार साँझसम्म पनि दुई समुदायबीच तनावकै अवस्था रहेको छ ।

प्रदर्शनकारीहरूले केही पसलहरूमा तोडफोड गरेका छन् भने केही सवारी साधनमा आगो लगाएको भिडियो सामाजिक सञ्जालमा शेयर भएको देखिन्छ ।

झडपमा केही स्थानीय र प्रहरी समेत घाइत भएका प्रशासन स्रोतले जनाएको छ ।

घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले घटनास्थलमा लाठीचार्जसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved