त्रिवि उपकुलपतिले काम गर्न सकेनछन् राजीनामा दिए : प्रधानमन्त्री ओली

नेपालभ्युज

त्रिवि उपकुलपतिले काम गर्न सकेनछन् राजीनामा दिए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले  काम गर्न नसकेकाले राजीनामा दिएको आरोप लगाएका छन् ।

बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उपकुलपतिले काम गर्न सकेनछन् । राजीनामा दिएछन् ।’

उपकुलपतिको राजीनामाबारे सञ्चारमाध्यमले अफवाह फैलाएको आरोप पनि उनले लगाए । ‘अखबारले राजीनामा स्वीकृत गर्देनन् भनेछन् । न भेटेको छ न म कहाँ राजीनामा आएको छ । कोही मार्फत पठाएको थियो अरे राजीनामा आएपछि त मैले स्वीकृत गरिदिएँ त,’ उनले भने ।

उपकुलपति र प्रधानमन्त्रीको द्वन्द्व भनेर अखरबाजी भएको भन्दै उनले थपे, ‘प्रधानमन्त्री र उपकुलपतिको द्वन्द्व, भीडन्त, लफडा भनेको छ कहाँबाट आयो यस्तो कुरा अचम्म छ ।’

उपकुलपति बरालले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम स्वीकृत नगरेपछि राजीनामा दिएको बताएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved