दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी

नेपालभ्युज

दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई आजै अदालतमा पेस गर्ने तयारी गरिएको छ ।

प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । उनलाई हत्कडीसहित थुनुवा विफ लगाएर राखिएको छ ।

प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved