काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच सङ्गठनले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्न माग गरेको छ ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी सङ्घ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक सङ्घले पाण्डेलाई निलम्बन गर्न माग गरेको हो ।
महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा केहीदिन अघि नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय र कार्यकक्षमा प्रवेश रोक्ने प्रयास गरेका थिए ।
पाँच सङ्गठनले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै पेस गरेको ज्ञापनपत्रमा भनिएको छ, “चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस् ।”
थप भनिएको छ, “उक्त दिन आचरण विपरितको कार्यमा उत्रिने महानगर प्रहरी बलका प्रमुखलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राखि छानबिन कार्यलाई सहज बनाइयोस् ।”
Facebook Comment
Comment