भक्तपुरमा बीच सडकमै पल्टियो गाडी

नेपालभ्युज

भक्तपुरमा बीच सडकमै पल्टियो गाडी

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बीच सडकमै गाडी पल्टिँदा दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बीच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डीएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

तीव्र गतिमा चलाएको कारण गाडी पल्टिएको उनको भनाइ छ । “तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते भएका छन्,” उनले भने । गाडीमा ९ जना यात्रु सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved