कुवेतविरुद्ध आसिफले पनि बनाए अर्धशतक

नेपालभ्युज

कुवेतविरुद्ध आसिफले पनि बनाए अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा अर्का नेपाली ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतक बनाएका छन् ।

बिहीबार बिहान जारी खेलमा आसिफ ३८ बलमा ५३ रन बनाएर आउट भए ।

यसअघि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले २६ बलमा चार छक्का र पाँच चौकासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे । पछि उनी ५० बलमा ८१ रन बनाएर आउट भए ।

नेपाली टोली कुवेतले दिएको १८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन र नन्दन यादवले दुई विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।

कुवेतविरुद्ध भुर्तेलको अर्धशतक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved