नारायणीमा डुबेका दिदीभाइको शव गोताखोरले निकाल्यो

नेपालभ्युज

नारायणीमा डुबेका दिदीभाइको शव गोताखोरले निकाल्यो
सांकेतिक तस्वीर

काठमाडौं । नारायणी नदीमा डुबेर बेपत्ता भएका दिदीभाइको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका–१ कुमालटोल बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निलको शव बुधबार निकालिएको हो ।

उनीहरु मङ्गलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

गोताखोरको टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट साढे १२ बजे निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved