रवि लामिछाने कारागार चलान भएपछि रास्वपाको सचिवालय बैठक बस्दै

नेपालभ्युज

रवि लामिछाने कारागार चलान भएपछि रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved