तोलामा २ हजारले बढ्यो सुनको भाउ

नेपालभ्युज

तोलामा २ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved