नारायणगढ–बुटवल सडक विस्तार

दाउन्ने सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द

नेपालभ्युज

दाउन्ने सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द
फाइल तस्वीर

त्रिवेणी । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आज (बुधबार)देखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ ।

चैत ३१ गतेसम्म यो समयसीमा कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved