सुनको मूल्य आज पनि घट्यो

नेपालभ्युज

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ ।

आज तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा सोमबार पनि गिरावट आएको थियो । मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved