काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहुलाई भेटेका छन् ।
दुई नेताले इरान, ट्यारिफ (भन्सार शुल्क) र हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पलाई कर लगाउने विषयमा पुनर्विचार हुन्छ कि ? भनेर सोधेका थिए । जवाफमा उनले अहिले त्यो बारेमा नसोचेको जवाफ दिए । ‘हामी यसरी सोचिरहेका छैनौं । धेरै देश हामीसँग व्यापार सम्झौता गर्न आउँदैछन्, यी सम्झौताहरू निष्पक्ष हुनेछन्,’ उनले भने ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले भने अमेरिकासँगको व्यापार घाटा हटाउने योजनामा आफूहरू रहेको बताए ।
‘हामी अमेरिकासँगको व्यापार घाटा हटाउनेछौं । हामी यो चाँडै गर्ने योजनामा छौं । हामीलाई लाग्छ कि यो सही कदम हो र हामी व्यापारमा रहेका अवरोधहरू पनि हटाउनेछौं ।’
कर घोषणा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भेटेका इजरायली प्रधानमन्त्री नेतन्याहुलाई पहिलो विश्वनेता हुन् ।
Facebook Comment
Comment