रवि कारागार चलान

नेपालभ्युज

रवि कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार कारागार चलान भएका छन् ।

उनी रुपन्देहीको भैरहवास्थित रुपन्देही जिल्ला कारागार चलान भएका हुन् ।

लामिछानेलाई सोमबार जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन् ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।

बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले यसलाई उल्ट्याएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved