कर लागुपछि ट्रम्प – यो आर्थिक क्रान्ति हो, सजिलो हुनेछैन तर हामी जित्छौं

नेपालभ्युज

कर लागुपछि ट्रम्प – यो आर्थिक क्रान्ति हो, सजिलो हुनेछैन तर हामी जित्छौं

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् ।

ट्रम्पको व्यापक कर वृद्धिले प्रतिशोधलाई बढावा दिन सक्ने, विश्वव्यापी अर्थव्यवस्थालाई अस्तव्यस्त पार्न सक्ने, व्यापार तनावलाई बढावा दिन सक्ने कदमको रूपमा प्रभाव पारेको बेला ट्रम्पको टिप्पणी आएको हो।

उनले भने , “हामी मूर्ख र असहाय भएका छौं, तर अब यस्तो हुने छैन । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ । हामी पहिले कहिल्यै नभएको रोजगारी र व्यवसाय फिर्ता ल्याउँदैछौं ।”

“यो आर्थिक क्रान्ति हो र हामी जित्छौं”, उनले भने, सजिलो हुनेछैन तर चुनौतीलाई सहनुहोस् अन्त्यमा परिणाम सुनौलो (ऐतिहासिक) हुनेछ।”

ट्रम्पले देशको व्यापार घाटाको समस्या समाधान गर्न आपतकालीन आर्थिक शक्तिको आह्वान गरेपछि मेक्सिको र क्यानडाका सामानबाहेक अधिकांश अमेरिकी आयातमा शनिबार मध्यरातपछि १० प्रतिशत करवृद्धि लागू भएको हो ।

ह्वाइट हाउसका अनुसार व्यापारमा देखिएको अन्तर सम्बन्ध र ‘अत्यधिक मूल्य वर्धित कर’ जस्ता अन्य नीतिका कारण भएको हो ।

आगामी अप्रिल ९ देखि युरोपेली सङ्घ, जापान र चीनलगायत करिब ६० व्यापारिक साझेदारले हरेक अर्थतन्त्रका लागि उपयुक्त उच्च दरको सामना गर्नुपर्ने छ ।

यसअघि नै ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत कर वृद्धि गरेपछि बेइजिङले अप्रिल १० देखि अमेरिकी उत्पादनमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

बेइजिङले संयुक्त राज्य अमेरिकालाई विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) मा मुद्दा हाल्ने र उच्च स्तरीय चिकित्सा र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा प्रयोग हुने दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाउने पनि बताएको छ।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “चीन अमेरिकाभन्दा धेरै बढी प्रभावित भएको छ, चानचुन होइन ।”

तर अन्य प्रमुख व्यापारिक साझेदारहरूले मन्दीको डरका बीच तत्काल प्रतिशोधलाई रोकेका छन् र अन्तर्राष्ट्रिय गतिरोधलाई पचाउने पहल गरिरहेका छन् ।

बजार पतन 

एसिया र युरोपमा पनि कर वृद्धिको आर्थिक प्रभाव पर्ने डरले शुक्रबार वाल स्ट्रिटले कारोबारमा भारी गिरावटको सामना गरेको छ ।

कर वृद्धिले आर्थिक वृद्धिलाई कम गर्न सक्छ र मुद्रास्फीतिलाई बढावा दिन सक्छ भनी अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । यद्यपि, ट्रम्पको पछिल्लो करमा उल्लेखनीय बहिष्करणहरू छन्।

स्टिल, आल्मुनियम र अटोमोबाइलको आयातमा हालसालै लगाइएको २५ प्रतिशत करको भरमा उनी(अमेरिकी) हरूले बजार धान्न नसक्ने आँकलन पनि गरिएका छन् ।

ह्वाइट हाउसका अनुसार तामा, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र काठका साथै ‘केही महत्वपूर्ण खनिज’ र ऊर्जा उत्पादनहरू पनि अस्थायी रूपमा करवृद्धिको घोषणामा छुटेका छन् ।

ट्रम्पले तामा र काठको अनुसन्धान गर्न आदेश दिनुभएको छ, जसले चाँडै नै थप कदमहरूलाई निम्त्याउन सक्छ।

उहाँले औषधि र सेमीकन्डक्टरजस्ता अन्य उद्योगहरूलाई पनि प्रभावित गर्ने चेतावनी दिएका छन्, जसको अर्थ कुनै पनि क्षेत्रले राहत महशुस गर्न नपाउन सक्छन् ।

क्यानडा र मेक्सिकोले उत्तर अमेरिकी व्यापार सम्झौताभन्दा बाहिर संयुक्त राज्य अमेरिका प्रवेश गर्ने सामानहरूमा २५ प्रतिशतसम्म अलग–अलग करको सामना गरिरहेका छन्।

 प्रतिशोध जोखिम 

अक्सफोर्ड इकोनोमिक्सले यसै साता दिएको चेतावनी भनिएको छ, “ट्रम्पको समयसीमाले देशहरूलाई वार्ता गर्न ठाउँ दिन्छ तर यदि उनीहरूले राहत पाउन सकेनन् भने उनीहरूले प्रतिकार गर्ने सम्भावना छ, जसरी चीनले पहिले नै गरिसकेको छ।”

इयूका व्यापार प्रमुख मारोस सेफकोभिकले २० प्रतिशत कर को सामना गरिरहेको समूहले ‘शान्त, सावधानीपूर्वक चरणबद्ध, एकीकृत तरिकाले’ काम गर्ने र वार्ताका लागि समय दिने बताएका छन्  । उनले भने, “समूह चुप लागेर बस्ने छैन।”

फ्रान्स र जर्मनीले इयूले अमेरिकी प्रविधि कम्पनीमाथि कर लगाएर त्यसको जवाफ दिन सक्ने बताएका छन् ।

ट्रम्पले जापानमा निर्मित सामानमा २४ प्रतिशत कर लगाएपछि जापानका प्रधानमन्त्रीले कठिन समयमा ‘शान्त प्रतिक्रिया’ अपनाउन आग्रह गरेका छन् ।

यसैबीच, ट्रम्पले भियतनामका शीर्ष नेतासँग आफूले ‘निकै फलदायी’ कुराकानी गरेको बताएका छन् । दक्षिणपूर्वी एशियाली उत्पादन केन्द्र भियतनामबाट अमेरिकी सामानको आयातमा ४६ प्रतिशत अमेरिकी कर लाग्ने गरेको बताएका छन् ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि ट्रम्पले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा कर लगाएर क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा थप २० प्रतिशत कर लगाएका थिए ।

आगामी अप्रिल ९ देखि यस वर्ष चिनियाँ उत्पादनमा थपिएको कर ५४ प्रतिशत पुग्नेछ ।

ट्रम्पको २५ प्रतिशत सवारी साधन (कार) मा कर वृद्धि पनि यसै हप्तादेखि लागू भएको छ यसका कारण विश्वविख्यात र जिप उद्योगका मालिक स्टेलेन्टिसले केही क्यानडेली र मेक्सिकोली एसेम्बली प्लान्टमा उत्पादन रोकेका छन् ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसार ट्रम्पको नयाँ विश्वव्यापी कर वृद्धि सन् १९३० को विश्वव्यापी व्यापार युद्धलाई प्रोत्साहित गरी महामन्दीलाई गहिरो बनाउनका लागि सबैभन्दा बढी जिम्मेवार ‘स्मूट–हाउली ट्यारिफ एक्ट’ पछिको सबैभन्दा ठूलो कर वृद्धि हो ।

अक्सफोर्ड इकोनोमिक्सको अनुमानअनुसार यो कदमले औसत प्रभावकारी अमेरिकी कर दरलाई २४ प्रतिशतमा झर्नेछ, जुन सन् १९३० को दशकको तुलनामा बढी हो । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved