गुरागाईं कार्यालय छिरेपछि बालेन सचिवालय भन्छ – किन आए, थाहा छैन

नेपालभ्युज

गुरागाईं कार्यालय छिरेपछि बालेन सचिवालय भन्छ – किन आए, थाहा छैन

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय प्रवेश गरेको विषयमा मेयर बालेन शाह भने अनभिज्ञ देखिएका छन् । मेयर बालेनको सचिवालयका अनुसार गुरागाईं किन महानगर आएका हुन भनेर मेयर लाई कुनै जानकारी छैन ।

मेयरको सचिवालयका एक सदस्य भन्छन्, ‘कार्यपालिका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृतलाई बोकेर ल्याउनु भयो । उहाँ(प्रमुख प्रशासकीय अधिकृत) किन आउनु भएको हो हामीलाई थाह छैन ।’

काठमाडौं टावरको नक्सा पास गर्ने विषयमा गडबडी गरेको भन्दै महानगरले गुरागाईंलाई पुस ५ देखि बिदामा बस्न बाध्य बनाएको थियो ।

पुस २४ मा महानगरले सङ्घ सरकारसँग नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेको थियो । प्रमुख प्रशासकीय अधिकृतका विषयमा मेयर बालेन र सङ्घ सरकार आम्नेसाम्ने भएपछि विवाद समाधानको जिम्मेवारी उपमेयर सुनिता डंगोल र महानगरका प्रवक्ता नवीन मानन्धरलाई दिएको थियो ।

डंगोल र मानन्धरले जिम्मेवारी पाएको केही दिनमा नै गुरागाईं कार्यालय प्रवेश गरेका हुन् ।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved