प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्ने भएपछि नगर प्रहरी परिचालन

नेपालभ्युज

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्ने भएपछि नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय छिर्ने भएपछि महानगर परिसरमा नगर प्रहरी परिचालन गरिएको छ ।

कमलादीस्थित महानगर कार्यालयमा बिहीबार बिहान महानगरका प्रहरी परिचालन गरिएको हो ।

महानगरको कार्यालयमा एकातिर कर्मचारीहरू सबै वडाबाट जम्मा भएर प्रमुख प्रशासकयि अधिकृतको स्वागतका लागि बसेका छन् भने अर्कोतर्फ उनलाई रोक्न मेयर बालेन शाहले नगर प्रहरी तैनाथ गरेका छन् ।

पाँच महिनादेखि तलब नपाएको र महानगरको काम ठप्प भएको भन्दै कर्मचारीले नै प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेका हुन् ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध गरिएको थियो ।

यता सरकारले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगरमा सङ्कट चुलिएको हो ।

तस्वीर –

 

 

बालेनलाई आक्रोशित बनाउने १२ तले भवनको लफडा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved