तोलामै एक लाख ८० हजार नाघ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामै एक लाख ८० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ८० हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि मङ्गलबार सुन तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलमा २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved