आईपीएल

पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो

नेपालभ्युज

पञ्जाबको दुई खेलमा शतप्रतिशत नतिजा, लखनऊलाई सहजै हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दुई खेलमा शतप्रतिशत नतिजा हासिल गरेको छ ।

लखनऊमाथि आठ विकेटको सहज जित हासिल गर्दै पञ्जाबले आफ्नो सुखद यात्रा कायमै राखेको हो ।

लखनऊ सुपर जाइन्ट्समा मङ्गलबार राति सकिएको खेलमा घरेलु टोलीले दिएको १७२ रनको लक्ष्य पञ्जाबले २२ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा १७७ रन बनाउँदै पूरा गर्यो ।

पञ्जाबको जितमा प्रभसिमरन सिंह र कप्तान श्रेयस एय्यरले अर्धशतकीय पारी खेले । खेलको उत्कृष्ट खेलाडी घोषित सिंहले ६९ तथा एय्यरले अविजित ५२ रन जोडे ।

यस्तै नेहल वाधेराले अविजित ४३ तथा प्रियाङ्श आर्यले आठ रन बनाए ।

लगनऊका दिग्भेश राठीले सर्वाधिक दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाएका थिए ।

पञ्जाबका आर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए ।

यससँगै पञ्जाब चार अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित लखनऊको भने तेस्रो खेलमा दोस्रो हार हो । लखनऊ अङ्क तालिकाको छैटौं स्थानमा छ ।

मुम्बईको पहिलो जित, कोलकाता आठ विकेटले पराजित

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved