आँपचौर जङ्गलमा आगलागी

नेपालभ्युज

आँपचौर जङ्गलमा आगलागी
सांकेतिक तस्वीर

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आँपचौर जङ्गलमा सोमबार आगलागी भएको छ । मस्र्याङ्दी जलविद्युत् आयोजना नजिक रहेको जङ्गलमा आगलागी भएपछि उक्त आयोजनालाई अग्नि रेखा लगाएर सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा २० प्रहरी र जलविद्युत् आयोजनामा खटिएको नेपाली सेनाका सुवेदार विद्याधर रानाभाटको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण लिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved