नेपाली राजदूत शर्माले लखनऊ पुगेर भेटे आदित्यनाथ

नेपालभ्युज

नेपाली राजदूत शर्माले लखनऊ पुगेर भेटे आदित्यनाथ

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनऊ पुगेर भेटेका छन् ।

राजदूत शर्माले भेटेको तस्वीर सामाजिक सञ्जालमा राख्दै यसको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री आदित्यनाथले गोरखपुरमा गुर्खा सङ्ग्रहालय स्थापनाको काम अघि सारेका छन् । सोही अवसरमा आफू त्यहाँ पुगेको राजदूत शर्माको भनाइ छ ।

भेटका अवसरमा दुईबीच नेपाल–भारत सम्बन्धका विभिन्न मुद्दाहरूमा विस्तृत रुपमा छलफल गरेको उनले जानकारी दिएका छन् ।

‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्न मुद्दाहरूमा विस्तृत रुपमा छलफल गरेका थियौं । गोरखपुरमा एक प्रेरणादायक गुर्खा संग्रहालय सुरु गरेकोमा म उहाँलाई विशेष रुपमा धन्यवाद दिन चाहन्छु,’ शर्माले एक्समा लेखेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved