प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइँदै

नेपालभ्युज

प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइँदै

काठमाडौं । राष्ट्रियसभाबाट बहुमतले पारित भएको प्रतिस्थापन विधेयकको सन्देश प्रतिनिधि सभा बैठकमा सुनाइएको छ ।

सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा राष्ट्रियसभाको सन्देश सुनाएका हुन् ।

अब उक्त प्रतिस्थापन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजै राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पठाइने बताए । “राष्ट्रपति कार्यालयमा पठाउने तयारी हुँदैछ, आजै पठाइन्छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved