पूर्वराजा लक्षित योगेशको प्रश्न : कसको पालामा मूर्ति युरोप-अमेरिका पुग्यो ?

नेपालभ्युज

पूर्वराजा लक्षित योगेशको प्रश्न : कसको पालामा मूर्ति युरोप-अमेरिका पुग्यो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै कसको पालामा मूर्ति युरोप-अमेरिका पुगेको भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले भने, “…अहिले पर्यटन मन्त्रालयले मूर्ति फिर्ता ल्याइरहेको छ । ती मूर्ति कसरी अमेरिका, युरोप पुग्यो ? एक पटक इतिहास हेरौँ, क-कसले बोकेर लगे ? कसलाई पासपोर्ट भिसा चाहिदैँन थियो ? अहिले राष्ट्रपतिलाई समेत पासपोर्ट चाहिन्छ ।”

यस्तै, उनले पृथ्वीनाराणयण शाह मात्र नायक भएको बताउँदै अरु सबै पदका लागि लडाइँ गर्नेहरु भएको आरोप लगाए  । उनले ज्ञानेन्द्रलाई प्रश्न गरे, “पृथ्वीनाराणयण नायक थिए, देश जोगाए । त्यसपछिका कुन राजाले कहाँ राष्ट्र जोगाए ? कुन सीमाना जोगाए ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved