प्रधानमन्त्री ओली कमल कोइरालालाई श्रद्धाञ्जली दिन एकीकृत समाजवादीको कार्यालय जाँदै

नेपालभ्युज

प्रधानमन्त्री ओली कमल कोइरालालाई श्रद्धाञ्जली दिन एकीकृत समाजवादीको कार्यालय जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नेता कमल कोइरालालाई श्रद्धाञ्जली दिन नेकपा एकीकृत समाजवादीको कार्यालय जाने भएका हुन् ।

आज (साेमबार) संसद्को बैठकलाई सम्बोधन गरिसकेर उनी एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा जाने रामकुमारी झाक्रीले जानकारी दिइन् ।

२०७७ मा नेकपा विघटनपछि नेकपा एमालेबाट एकीकृत समाजवादी बनेको थियो । यसयता एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्बन्ध सुमधुर छैन । यस्तोमा ओली पहिलोपटक एकीकृत समाजवादीको कार्यालयमा जान लागेका हुन् ।

पूर्वराजदूतसमेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved