काठमाडौंमा विरोध प्रदर्शन गर्दै राप्रपा, पक्राउ परेका नेता रिहा हुनुपर्ने माग

नेपालभ्युज

काठमाडौंमा विरोध प्रदर्शन गर्दै राप्रपा, पक्राउ परेका नेता रिहा हुनुपर्ने माग
फाइल तस्वीर

काठमाडौं । पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गर्दैछ ।

माइतीघर मण्डलामा आज अपरान्ह १२ः३० बजे विरोध प्रदर्शन आयोजना गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

‘राज्यको दमन र पक्राउ परेका आफ्ना नेताहरू एवं सबैको रिहाइको माग गर्दै राप्रपाका सम्पूर्ण भ्रातृ सङ्गठनद्वारा आज अपरान्ह १२ः३० बजे माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी बनौं । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी छ,’ प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।

राजसंस्था पुनस्र्थापनाका गठित संगुक्त जनआन्दोलन समितिले शुक्रबार गरेको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै तीनकुनेलगायत ठाउँमा तोडफोड र आगजनी भएको थियो ।

यस प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत पक्राउ परेका छन् ।

राप्रपाले पक्राउ परेका सबैको रिहाइसहित मृतकलाई शहीद गर्न माग राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved