गणतन्त्र पक्षधरहरूको निष्कर्ष- षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र

नेपालभ्युज

गणतन्त्र पक्षधरहरूको निष्कर्ष- षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठकमा  संविधानविरुद्ध भइरहेको षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको  निष्कर्ष निकालिएको  छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको  बैठकले यस्तो निष्कर्ष निकालेको छलफलमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

“संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधानलाई नै समाप्त गर्ने कार्य भइरहेको छ । यस्ता षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको सबैदलको एकमत छ,” बैठकपछि गृहमन्त्री लेखकले  भने ।

बैठकमा शुक्रबार भएको तीनकुने  घटनाकाबारेमा  छलफल भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved