तीनकुने घटनामा पक्राउ परेकालाई मङ्गलबारसम्म थुनामा राख्न अनुमति

नेपालभ्युज

तीनकुने घटनामा पक्राउ परेकालाई मङ्गलबारसम्म थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मङ्गलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त घटनामा संलग्न भएको हुनसक्ने आरोपमा शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो ।

जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो ।

ती बाहेक थप ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved