पाथीभरामा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश

नेपालभ्युज

पाथीभरामा केबलकार निर्माणको काम अघि नबढाउन सर्वोच्चको आदेश
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

निर्माणलगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा सर्वोच्चले बुधबार यस्तो आदेश दिएको हो ।

यामबहादुर लिम्बूलगायतले पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

न्यायाधीश शारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।

गत महिना पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडपको स्थिति सिर्जना भएको थियो । त्यसपछि सुरु भएको काम रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved