महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवाना पत्र

नेपालभ्युज

महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवाना पत्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाएको छ ।

जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।

निर्मल निवासमा पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइएको महानगर स्रोतले जनायो ।

शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved