तीनकुने घटनामा ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिर्न ज्ञानेन्द्रलाई काठमाडौं महानगरले काट्यो पत्र

नेपालभ्युज

तीनकुने घटनामा ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिर्न ज्ञानेन्द्रलाई काठमाडौं महानगरले काट्यो पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार राजावादी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र काटेको छ ।

शुक्रबार उनको समर्थनका नाममा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो । महानगरपालिकाले शनिबार बिहान शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन गरेको थियो ।

अध्ययन टोलीको प्रतिवेदनका आधारमा मेयर शाहले जरिवानाको निर्णय गरेका हुन् ।

ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो । ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा तोडफोड भएको थियो भने आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति  पुगेको थियो ।

मेयर बालेन शाहको सचिवालयले समग्र क्षतिको मूल्याकंन सरकारको छानबिन समितिले गर्ने भएपनि महानगरले आफ्नो क्षेत्राधिकारभत्रिको काम गरेको जनाएको छ ।

ज्ञानेन्द्र शाहलाई बालेनले तोकेको जरिवाना कुन शीर्षकमा कति ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved