प्रदर्शनले रोकिएका १५२ जना विद्यार्थी र शिक्षकलाई महानगरले गन्तव्यसम्म पुर्‍यायो

नेपालभ्युज

प्रदर्शनले रोकिएका १५२ जना विद्यार्थी र शिक्षकलाई महानगरले गन्तव्यसम्म पुर्‍यायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट फर्कन समस्यामा परेका १५२ जना शिक्षक र विद्यार्थीलाई गन्तव्यसम्म पुर्‍याएको छ ।

परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो ।

त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र – बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमार्फत उद्धार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्‍याएको हो ।

काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबीच प्रदर्शन भइरहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो । त्यसैकारण कतिपय विद्यार्थीहरू परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved