म्यानमारमा शक्तिशाली भूकम्प

नेपालभ्युज

म्यानमारमा शक्तिशाली भूकम्प

काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्प गएको छ ।

बर्मेली शहर सागाइङबाट १६ किलोमिटर (१० माइल) उत्तरपश्चिममा रहेको मन्डले नजिकै केन्द्रबिन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ ।

एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ र त्यहाँका धेरै भवनहरू खाली गराइएको छ ।

मन्डलेमा रहेको इरावती नदीमा बनेको प्रसिद्ध अवा पुल भत्किएको दाबी गरिएको छ । भूकम्पमा धेरै भवनहरू पनि क्षतिग्रस्त भएका छन् ।

यता, अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूम्कपको तीव्रता ७.७ म्याग्निच्युड रहेको बताएको छ ।

चीनमा पनि भूकम्पको धक्का महसुस भएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ म्याग्निच्युड रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved