१९ वर्षीया महिलाको शव गाडिएको अवस्थामा भेटियो, श्रीमान् पक्राउ

नेपालभ्युज

१९ वर्षीया महिलाको शव गाडिएको अवस्थामा भेटियो, श्रीमान् पक्राउ
साङ्केतिक तस्वीर ।

मङ्गलबारे । इलाममा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा शुक्रबार फेला परेको हो ।

शव उत्खनन गर्ने कार्य भइरहेको उनले बताए । शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले जानकारी दिए । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।

देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved