हितेन्द्रदेव पनि सर्वोच्चमा, कुलमानले गरेका कामकारबाही बदर गर्न माग

नेपालभ्युज

हितेन्द्रदेव पनि सर्वोच्चमा, कुलमानले गरेका कामकारबाही बदर गर्न माग
फाइल तस्वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र काम कारबाहीहरू बदर गर्न माग गर्दै उनले रिट दिएका हुन् ।

रिट दर्ता भएको र शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

हितेन्द्रदेवले आफू कार्यकारी निर्देशक पदमा नियुक्त भएकाले चार वर्षको पारिश्रमिक तथा सुविधा उपलब्ध गर्नुपर्ने माग गरेका छन् ।

“…नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा मेरो पदावधि बाँकी रहेकै अवस्थामा सोही मितिको निर्णयअनुसार प्रत्यर्थी कुलमान घिसिङलाई नियुक्ति गरिएकोले निजलाई नियुक्ति गर्ने गरी भएको निर्णय र भएका काम कारबाहीहरू बदर गरी निवेदकलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा यथावत कार्य गर्न दिनु दिलाउनु भन्ने परमादेशको आदेश समेत जारी गरी पाऊँ भनी निवेदकले यस सम्मानित अदालतमा निवेदन पत्र जायर गरेको छु,” रिटमा उल्लेख छ ।

यता, प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका घिसिङले पनि सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । आफ्नो कार्यकाल बाँकी छँदै अवैधानिक रुपमा हटाइएको भन्दै उनले त्यो निर्णय कार्यान्वयन नगर्न माग पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved