संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित

नेपालभ्युज

संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधि सभाको बैठक शुक्रबार भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

बिहीबार ११ बजे डाकिएको बैठकमा दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका लागि बैठक बस्ने तय भएको थियो ।

४ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर शुक्रबार बिहानका लागि डाकिएको हो ।

विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved