सेयर बजारमा उछाल, २२७ कम्पनीमा हरियाली 

नेपालभ्युज

सेयर बजारमा उछाल, २२७ कम्पनीमा हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ६७ अङ्कले बढेर २६६३ दशमलव ५४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०९ कम्पनीका ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ रहेको छ ।

२२७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये सबै हरियाली हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved