कर्मचारीलाई हप्ता दिनभित्र तलब नदिए महानगरविरुद्ध आन्दोलन गर्ने सङ्घको चेतावनी

नेपालभ्युज

कर्मचारीलाई हप्ता दिनभित्र तलब नदिए महानगरविरुद्ध आन्दोलन गर्ने सङ्घको चेतावनी

काठमाडौं । स्थानीय तह कर्मचारी सङ्घले काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई तलब दिन सात दिनको अल्टिमेटम दिएको छ ।

एक हप्ताभित्र समस्या समाधान नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने संघका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

विज्ञप्ति जारी गर्दै सङ्घले आन्दोलनबाट सृर्जित परिणामको जिम्मेवार महानगर नै हुने चेतावनी दिएको छ ।

“महानगरको समस्या र हाम्रो मागलाई बेवास्ता गरि अझ उत्तेजित हुँदै समस्या लम्व्याउने, वल्झाउने तर्फ उद्दत भई आम कर्मचारीको समस्या एक हप्ता भित्र समाधान नगरेमा सम्पूर्ण पेशाकर्मीहरु एकत्रित भई समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने र उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार पक्ष काठमाण्डौं महानगरपालिकाको नेतृत्व स्वयं हुने व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।” विज्ञप्तिमा उल्लेख छ ।

महानगर नेतृत्व समस्याको निकासको लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उछृङ्खल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरि थप समस्याको सृजना गर्न उद्दत देखिएको सङ्घको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved