प्रतिनिधि सभा बैठक ४ बजेका लागि सर्‍यो

नेपालभ्युज

प्रतिनिधि सभा बैठक ४ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेको छ ।

बिहीबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

२ बजे पनि बैठक बस्न नसकेपछि आजै अपराह्न ४ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

विपक्षी दलले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved